चतरा : किरात राई यायोख्या प्रारम्भिक कमिटी (साबिक वराहक्षेत्र गाविस) हाल वराहक्षेत्र नगरपालिका वडा नं १ र २ को अध्यक्षमा लालकुमार राई निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा प्रत्याशी दिनेश काम्दुङ्ग राईलाई पराजित गर्दै लगातार तेस्रो कार्यकालको लागि लालकुमार निर्वाचित भएका हुन् । यस अगाडि दुई वटा अधिबेशनामा लालकुमार सर्वसम्मतिको आधारमा अध्यक्षमा निर्वाचित बनेका थिए ।

वराहक्षेत्र-१ स्थित साकेला पार्कमा सम्पन्न अधिवेशनको बन्द सत्रमा अध्यक्ष सहित उपाध्यक्ष र सह-सचिवमा दुई-दुई जनाले आकंक्ष देखाए पछि आइतबार निर्वाचन भएको थियो । २ सय २३ जना मतदाता भए पनि १ सय ५४ जनाले मात्र निर्वाचनमा भाग लिएका थिए ।

उपाध्यक्षमा सौकुमार राई र सह–सचिवमा सर्वधन राई निर्वाचित भएका छन् । उपाध्यक्ष सौकुमारले प्रत्याशी हिमाल राईलाई र सह-सचिवमा सर्बधनले मजित राईलाई पराजित गरेका थिए । सचिवमा श्रवणकुमार राई सर्वसम्मत निर्वाचित बनेका छन् ।