इनरुवा : नेकपा एमाले सुनसरी जिल्ला कमिटीको निर्वाचन जारी छ ।

इनरुवाको जेल फिल्डमा १२ बजेदेखि सुरु भएको मतदानमा २ हजार १ सय ५० प्रतिनिधिले मतदान गर्ने भएका हुन । गत शुक्रवार उद्घाटन भएको जिल्ला अधिवेशनले नेतृत्वमा सहमति जुटाउन नसकेपछि निर्वाचन भएको हो ।

जिल्ला अध्यक्षको लागि पूर्व अध्यक्षहरू रेवतिरमण भण्डारी र द्वारिकलाल चौधरी सहित हालका अध्यक्ष खेमराज पोखरेल बिच प्रतिस्पर्धा हुने भएको छ । १० बुँदे सहमतिको पक्षमा रहेका पोखरेल र चौधरीले आपसमा मत काट्दा भण्डारीलाई फाइदा पुग्ने आकलन गरिएको छ ।

१ जना उपाध्यक्षमा नन्द बस्नेत र निलम खनाल बिच प्रतिस्पर्धा हुँदै छ भने २ उपसचिवमा ६ जना मैदानमा छन् । सचिवमा भने पर्शुराम यादव सर्वसम्मत भएका छन् । आजको निर्वाचनले सुनसरीमा १ सय ३५ सदस्यीय कार्यसमिति चयन गर्ने भएको छ ।

UML-Sunsari-1 UML-Sunsari-2