धरान : अर्जेन्टिनाको राजधानी व्युनर्स आयर्सको मिस युनिवर्स प्रतियोगितामा ६० वर्षीय एलेक्जेन्ड्रा मारिसा रोड्रिग्जले ‘मिस युनिवर्स व्युनर्स आयर्स’को ताज जितेकी छन् ।

जीवनको उत्तरार्धमा ६० वर्षको उमेरमा ‘मिस युनिवर्स व्युनर्स आयर्स’को ताज जितेर मारिसा रोड्रिग्जले इतिहास रचेको बिबिसीले जनाएको छ । उनी वकिल र पत्रकार समेत हुन् ।

‘मिस युनिवर्स व्युनर्स आयर्स’को ताज पहिरिए लगत्तै उनले भनेकी छन्, ‘म ब्युटी कन्टेस्टमा नयाँ मान्यताको प्रतिनिधित्व गर्नका लागि उत्साहित छु ।’ अब हामी एउटा नयाँ सुरुआत गर्न गई रहेका छौ जस्मा महिलाहरू मात्र शारीरिक सुन्दरतामा सीमित रहने नरहने उनले भनिन्, ‘यसको सुरुआत गर्ने पुस्ताको म पहिलो हुँ ।’

उनले अबको लक्ष्य बताउँदै भनेकी छन्, ‘म मिस युनिवर्स अर्जेन्टिना २४’ प्रतियोगितामा प्रतिस्पर्धा गर्न उत्साहित छु ।’

यसअघि उक्त प्रतियोगितामा १८ देखी २८ वर्ष सम्मका युवतीहरूले मात्र सहभागी हुन पाउने नियम थियो । गत: सेप्टेम्बर २०२३ मा मिस युनिवर्स अर्गनाइजेशनले नियम परिवर्तन गरेर प्रतियोगितामा भाग लिन चाहनेहरूका लागि उमेरको बन्देज हटाएको थियो ।