धरान : धरान रङ्गशालामा जारी हाम्रो धरान भेट्रान फुटबल कप तेस्रो संस्करणको आज शुक्रवार भएको खेलमा दुहबी भेट्रान क्लबका सरोज बस्नेतको आत्मघाती गोलका कारण दुधे भेट्रान क्लब विजयी भएको छ ।

निर्धारित ६० मिनेटको खेलामा आत्मघाती गोल बाहेक दुवै टिमबाट  कुनै गोल भएन । खेलमा विजयी भएसँगै दुधे  भेट्रान क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

खेलको म्यान अफ दि म्याच दुधे भेट्रानका सन्तोष बस्नेत  घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

हाम्रो धरान भेट्रान कपको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टिमलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

भोली शनिवारको खेल मेघा भेट्रान क्लब  र रारा भेट्रान क्लब बिच हुने आयोजकले जनाएको छ ।