झापा : झापाका १५ वटा पालिका मध्ये चार वटा पालिकाले अव्यवस्थित बसोबास, भूमिहीनको लगत सङ्कलन र नाप जाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् ।

झापाका शिवसताक्षी, कन्काई र दमक नगरपालिकासँगै बुद्ध शान्ति गाउँपालिकाले समेत उक्त सम्झौता गरेको हो । देशभरका ९१ स्थानीय तहलाई राष्ट्रिय भूमि आयोगले गत पुस २४ गते सम्झौताका लागि काठमाडौँस्थित आयोगको कार्यालयमा बोलाएको थियो । छुटेका पालिकाले आफ्नो अनुकूलता अनुसार सम्झौता गर्न आउन सक्ने आयोगका उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले जानकारी दिए ।

आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरेर माघ १८ देखि ३५ दिनभित्र स्थानीय तहबाट तोकिएका स्थानमा खटिएका लगत सङ्कलक मार्फत पेस गर्नुपर्ने छ ।