धरान : मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने ३० वर्षीय ज्ञानु धिमाल रहेका छन् । आज बिहान साढे ९ बजे लागौषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्रटभेट २२५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका धिमालको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।