महिनावारीको रगत अनुहारमा लगाउने युवती

  • श्रावण ८, २०७६
  • ७४२६ पटक पढिएको
  • एजेन्सी
alt

२७ वर्षकी लौरा टेक्सीरिय हरेक महिना महिनावारीको क्रममा श्राव हुने रगत जम्मा गरेर उनी आफ्नो अनुहारभरी पोत्छिन् ।

त्यसपछि बाँकी भएको रगतलाई पानीमा मिसाएर आफूले रोपेका बोट बिरुवामा हाल्छिन् । ‘सिडिङ् द मून’ नामको यो प्रथा  विभिन्न पुरानो मान्यतासँग प्रेरित छ जसमा महिनावारीको रगतलाई उर्वरताको प्रतिकको रुपमा हेरिन्थ्यो ।

यो प्रथालाई मान्ने महिला आफ्नो महिनावारीलाई आफ्नै अन्दाजमा बाँच्छन् । लौरा बीबीसीलाई भन्छिन्, ‘जब म आफ्ना बोटबिरुवामा पानी हाल्छु तब म, मलाई माफी दिनुस् । म तपाईंलाई धेरै माया गर्छु र तपाईंप्रति आभारी छु भन्दै एउटा मन्त्र जप्छु । ’ लौराका अनुसार जब उनी आफ्नो रगतलाई अनुहार र शरीरमा लगाउँछिन् तब उनी आँखा बन्द गर्छिन् र आभारी महसुस गर्छिन् । यसले उनलाई शक्तिको संचार भएको महसुस गराउँछ ।

mens1_Q1DOaYIo8Q

शक्ति दिने प्रथाः

लौराका अनुसार यो प्रथा महिलालाई सशक्त बनाउनसँग सम्बन्धित छ । उनी भन्छिन्, ‘समाजमा सबैभन्दा ठूलो भेदभाव मासिक धर्मसँग जोडिएको छ । समाजले यसलाई खराब मान्छ । सबैभन्दा ठूलो लज्जाको विषय पनि यही हो किनभने महिला आफ्नो महिनावारीको दौरान सबैभन्दा धेरै लज्जा महसुस गर्छिन् ।’

सन् २०१८ मा ‘वर्ल्ड सीड योर मून डे’ इभेन्टलाई सुरु गर्ने बडी साइकोथेरेपिस्ट, डान्सर र लेखक मोरेना कार्डोसो भन्छिन्, ‘महिलाका लागि सिडिङ द मून एक निकै सरल र उनीहरुको मनलाई शक्ति दिने तरिका हो ।’ गत वर्ष यो कार्यक्रमको बेला दुई हजार मानिसले आफ्नो मसिक श्राव हुने रततलाई बोटबिरुवामा हालेका थिए ।

mens2_Puk1s6bKbb

महिलाहरुको आध्यात्मिक कामः

मोरेना भन्छिन्, ‘यो कार्यक्रमको आयोजनाको उद्देश्य यो थियो कि महिनावारीको क्रममा निस्कने रगत लज्जाको विषय नभई सम्मान र शक्तिको प्रतिक हो भनेर बुझाउनु थियो ।’ मोरेनाका अनुसार ‘उत्तरी अमेरिका (मेक्सिकोसमेत) र पेरुका जमिनमा महिनावारीको रगतलाई जमिनमा फैलाइयो, उर्वर बनाउने उद्देश्यसहित ।’

ब्राजिलको युनिक्याम्प युनिभर्सिटीमा २० वर्षदेखि यो मुद्दामा शोध गरिरहेकी मानवशास्त्री डानियेला टोनेली मनिकाले अन्य समाजमा महिनावारीको रगतको विषयमा निकै नकारात्मक धारणाभएको बताएकी छिन् ।

उनी भन्छिन्, ‘महिनावारीलाई फोहोर रगत बगेको रुपमा लिइन्छ र यसलाई मल र मूत्रको श्रेणीमा राखिन्छ जसलाई मानिसहरुको नजरभन्दा टाढा बाथरुममा बगाउनुपर्ने मान्यता छ ।’

सन् १९६० मा महिलावादी आन्दोलनले यो सोचलाई परिवर्तन गर्ने कोसिस गरेको थियो र महिलालाई आफ्नो शरीरबारे खुलेर कुरा गर्नका लागि प्रोत्साहित गरेको थियो ।

mens3_5FE884JQV1

विशाल गर्भाशयः

इन्टरनेटमा यो प्रथाबारे जानकारी पाउने रेनेटा रिबेरियो भन्छिन्, ‘सिडिङ माई मून प्रथाले मलाई पृथ्वीलाई एउटा ठूलो गर्भाशयको रुपमा हेर्न मद्दत गरेको छ । यो विशाल योनीमा पनि अंकुरण हुन्छ जसरी हाम्रो गर्भाशयमा हुन्छ ।’

अहिले पनि विभिन्न देशमा ‘छुन दिइँदैन’

संसारभरी १४ देखि २४ वर्षबीचको उमेर भएका १५०० महिलामाथि गरिएको सर्वेक्षणमा सार्वजनिक भए अनुसार थुप्रै समाजमा यो विषयलाई ‘पाप’ को रुपमा हेरिन्छ । जोन्सन एण्ड जोन्सनले ब्राजिल, भारत, दक्षिण अफ्रिका, अर्जे्न्टिना र फिलिपिन्समा यो अध्ययन गरेको हो । नेपालमा स्थिती कस्तो छ, त्यसबारे हामी सबैलाई अवगत नै छ । यो अध्ययनमा सार्वजनिक भए अनुसार महिला सेनेटरी न्यापकिन खरिद गर्न लज्जा महसुस गर्छन् । यसका साथै महिनावारीको क्रममा महिला आफ्नो सिटबाट उठ्नसमेत हिच्किचाउँछन् ।

फेडरल युनिभर्सिटी अफ बहियासँग सम्बन्धित ७१ वर्षकी समाज मानव विज्ञानी सेसिला सार्डेनबर्ग भन्छिन्, ‘मानिसहरुले यसबारे विरलै कुरा गर्नेबेला मेरो पहिलो पटक महिनावारी भएको थियो ।’ उनका अनुसार यो विषयसँग जोडिएको लज्जालाई हटाउन आवश्यक छ । उनी भन्छिन्, ‘महिलाहरुले यसबारे कुरा गर्नुपर्छ । आजकालका महिला आफ्नो महिनावारीको विषयमा लज्जित देखिँदैनन् ।’

किन भयो विवाद ?

लौराका अनुसार यो प्रथाका लागि सबैजना तयार छैनन् । आफ्नो अनुभव साझा गर्दै उनी भन्छिन्, ‘इन्स्टाग्राममा मात्र ३ सय जनाले मलाई फलो गर्दथे । मैले यो प्रथा अनुसरण गरेपछि एक तस्बिर पोष्ट गरेँ ।’ तर चार दिनपछि मानिसहरुले आफूलाई हाँसोको पात्र बनाएको बताइन् । ब्राजिलको एक विवादित हास्यकलाकार डेनिलो जेन्टिलीले यो तस्बिरलाई आफ्ना १६ मिलियन फलोआर्ससँग साझा गरिन् । तर उनले लेखिन्, ‘महिनावारीको क्रममा निस्किने रगत सामान्य हो तर त्यसलाई अनुहारमा लगाउनु असामान्य हो ।’

तर यो पोष्टमा २३०० बढी कमेन्ट आए जसमा धेरैजसो नकारात्मक थिए । यो विषय आज पनि कति प्रतिबन्धित छ भनेर पुष्टि भएको लौरा भन्छिन् । उनी भन्छिन्, ‘मानिसहरु सोच्छन् कि यदि कुनै चिज उनका लागि सामान्य छैन भने त्यो कुरा पक्कै पनि गलत हुने सोच्छन् । उनीहरु सोच्छन् कि उनीहरु आफ्नो मोबाइल पछिाडि लुकेर कसैलाई गाली गर्न सक्छन् ।’ ‘यो मेरो शरीरबाट निस्किएको तरल पदार्थ हो र कुन कुरा असामान्य हो र कुन होइन भनेर म नै निश्चित गर्नेछु । म अरुको जीवनमा हस्तक्षेप गरिरहेको छैन ।’ ‘मानिसहरुलाई तथानाम गाली गर्नु असामान्य हुनुपर्छ । मानिसहरुले मासिक धर्मका बेला श्राव हुने रगतलाई प्राकृतिक रुपमा हेर्न बन्द नगरेसम्म म यो गरिरहन्छु ।’

रेनेटा मौरा /बीबीसी

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • विबेक विवस रेग्मी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2019 - Kapurinews.com All rights reserved