इटहरी : इटहरीमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनमा सक्रिय अथर इनर्जीको विद्युतीय स्कुटर ‘रिज्टा एस’ सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक विद्या इनर्जी प्रालिले शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा सहित स्कुटर बजारमा ल्याएको हो ।
पछिल्लो समय विद्युतीय सवारी उपयोगिता बढ्दै गएको कारण इटहरीको पश्चिम लाइनमा नयाँ मोडल औपचारिक सो रुम खोलिएको हो ।
यसअघि सार्वजनिक भएको ‘रिज्टा जेड’ ले राम्रो प्रतिक्रिया पाएपछि त्यसको विस्तारका रूपमा ‘रिज्टा एस’ ल्याइएको बताइएको छ।वितरक कम्पनीका सीईओ सूर्यांश वैद्यका अनुसार  स्कुटर नेपाली परिवार र दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको छ । उनका अनुसार स्कुटरले सहज, भरपर्दो र व्यावहारिक अनुभव प्रदान गर्नेछ ।रिज्टा एसले अधिकतम १२३ किलोमिटर रेन्ज दिने, १० मिनेट चार्ज गर्दा करिब १५ किलोमिटर चल्नेछ । ३४ लिटरको ठुलो अन्डर सिट स्टोरेज र ८० किमी प्रतिघण्टा अधिकतम गति प्रदान गर्ने उनको दाबी छ।
कम्पनीले पहिलो १५० ग्राहकलाई २० हजार रुपैयाँसम्मको विशेष छुट दिने घोषणा गरेको छ।
ather 11