धरान : नेपालको लिपुलेक, कालापानीलगायत भुमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विरोधमा आज(सोमबार) साँझ वाम बुद्धिजिविहरुले धरानमा मैनबत्ति जुलुस गरेका छन् ।

पिण्डेश्वर विद्यापिठका प्राध्यापक डा. रमेश घिमिरेको संयोजनमा धरानको छाताचोकदेखि भानुचोकसम्म मैनबत्तिसहित र्याली निकालिएको हो । भारत विरोधी विभिन्न नारासहित निस्केको र्याली भानुचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेकपाका उम्मेदवार प्रकाश राईसहित बुद्धिविद्धिहरुले सम्बोधन गरेका थिए ।

उम्मेदवार राईले भारतको हेपाहा प्रवृत्तिप्रति वाम बुद्धिजिविहरुले गरेको खबरदारी सह्रानीय भएको बताए । उनले सिमा विवादमा कुटनैतिक पहल गरेर सरकारले भारतसँग चाडै छलफल गर्नेमा आशावादी रहेको पनि बताए । यस्तै, कोणसभालाई प्रा.डा. भीम खतिवडा, प्राध्यापक उद्धव श्रेष्ठ, रुक्मणी मास्केलगायतले सम्बोधन गरेका थिए ।