धरान: प्रहरीले धरानको भानुचोक र तीनकुनेबाट लागुऔषध खैरोहेरोइन र नाइट्रोसन ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले संखुवासभाको भोटखोला गाउँपालिका १ का २८ बर्षीय साङबु शेर्पालाई खैरोहेरोइनसहित तीनकुनेबाट पक्राउ गरेको जनाएको छ । तीनकुने चेकपोष्टमा सोमबार बेलुकी ५ बजे पक्राउ परेका शेर्पाको साथबाट ८० मिलिग्राम खैराहेरोइन पनि वरामद भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, मंगलबार बेलुकी साढे ६ बजे धरान १९ का ३७ बर्षीय सुरज राईलाई लागुऔषधसहित प्रहरीले भानुचोकबाट पक्राउ गरेको जनाएकोछ । उनको साथबाट नाइट्रोसन २० ट्याब्लेट वरामद भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै लागुऔषध ओसारपसारमा संलग्न भएको प्रहरीको आशंका छ । उनीहरुलाई लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप अनुमती लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।