इटहरी : केही दिन अगाडी ह्विल चियरमा एक हुल युवा इटहरी उपमहानगरपालिका भित्र प्रवेश गरे । कार्यालयको गेटबाट केहीपर पुगेपछी उनीहरु अलमलमा परे । कुनैपनि कार्यकक्षमा ह्विल चियर छिर्ने अवस्था थिएन । कार्यालयको प्राङगणमै लाइन लागेर बसे उनीहरु ।

सरकारी कार्यलय र सार्वजनिक स्थानहरु अपाङ्ग मैन्त्री नभएको भन्दै गुनासो गर्न पुगेका उनीहरु कसरी पुग्ने भन्नेमै अल्मलीए । उपमहानगरका प्रमुख, उपप्रमुखको कार्यकक्ष सम्म ह्विल चियर नपुग्ने भएपछी उनीहरु बाहिरै बिसाए । एक घण्टा जती बसेपछी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव बिमलीले उनीहरुलाई भेट गरे । भेटमा आफुहरु धेरै समस्या परीरहेकोले उपमहानगरले सहयोग गरीदिन आग्रह गरे । आफुहरु जस्तै धेरै साथीहरु घरैमा गुम्सीएर बस्नु परेकोले उनीहरुको उद्धारको लागी अनुरोध गरे । त्यतीकैमा सुपर राईले एक निवेदन बुझिदिन अधिकृतलाई आग्रह गरे । नेपाल स्पाइनल कर्ड इन्जुरी संघको तर्फबाट निवेदन बुझाउन आएका रहेछन् । सुरुमै उनले स्पाइन कर्ड इन्जुरी भएका बिरामीको शरीरको आधा भाग अचेत हुने जानकारी दिए । कम्बर देखिको तलको भागको दिमाग संगको कनेक्सन छुटेपछी यस्तो समस्या हुने उनले बताए । यस्ता अधिकांश बिरामीको दिशापिसाब पनि एकै ठाउँमा हुने भएकोले कसैको सहारा बिना जिउन सक्ने अवस्था नहुने उनको भनाइ थियो ।

अहिले स्पाइनल कर्ड इन्जुरी भएका अपांगको लागी संस्था खोलेरै काम गर्न थालीएको उनले सुनाए । यस्ता अपाङ्गको हितमा आवाज उठाउन संघ खोलीएको  उनले बताए । २०६६ सालमा स्थापना भएको नेपाल स्पाइनल कर्ड इन्जुरी संघले स्पाइनल अपाङ्गहरुलाई घर बाहिर ल्याउने काममा सहयोग गरेको उनको भनाई थियो । सोही निवेदनमा पनि अपाङ्गता सम्बन्धी जनचेतना जगाउने, हिनता बोध हटाउन र उर्जाशिल बनाएर सामान्य मान्छे जस्तै जिवनशैली चलाउन सिकाउने लेखीएको छ ।
अपांगता भएका व्यक्तीलाई खेलको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त बनाउन संघको स्थापना गरीएको निवेदनमा छ । सोही निवेदनमा उपमहानगर भित्रका सम्पुर्ण संरचना अपांगमैत्री हुनुपर्ने, सार्वजनीक सवारीमा छुटको व्यवस्था गरीदिनुपर्ने, खेलकुद सम्बन्धी कार्यक्रम ल्याउनुपर्ने तथा शिक्षा र श्वास्थ्य निःशुल्क गर्न माग गरेका छन् ।

आफुहरुले अहिलेसम्म मुगुको रारा, कालीकोट र बुटबलमा पनि स्पाइन इन्जुरीका बिरामीहरुको लागी खेलकुद अयोजना गरीसकेको राइले बताए ।   राईले अधिकृत बिमलीलाई निवेदन बुझाउन नपाउँदै उपमेयर लक्ष्मी गौतम पनि आइपुगीन् । उनले के कसो हो ? बुझ्न खोजीन् । त्यतीकैमा राईले आफुहरुको केही माग भएकोले जनप्रतिनिधिलाई भेट्न खोजेको बताए । गौतमले पनि आफुहरु अपांगमैत्री प्रशासनको पक्षमा भएको जवाफ दिइन् । आफ्नै पहलमा इटहरीका अपांगता भएका व्यक्तीको घरैमा सेवा पुर्याइरहेको गौतमले बताइन् । स्पाइनल कर्ड इन्जुरीका बिरामीहरु बढ्दै गएकोले आफुहरु त्यसतर्फ सिरियस भएको उनको भनाई थियो । इटहरी उपमहानगरपालिकाले कार्यबिधी बनाएर ऐननै पास गरीसकेको उनले सुनाईन् । बजेटमा समेत अपांगताको क्षेत्रमा काम गर्ने उल्लेख भएको प्रष्ट पारीन् । करीब आधा घण्टाको बसाईमा उनले अपांगताको क्षेत्रमा उल्लेख्य काम गरेको सुनाईन् । अपांगता भएका व्यक्तीको लागी स्वरोजगार कार्यक्रम देखि आत्मनिर्भर हुन चाहानेको लागी शिप सिकाउन सकिने उनको भनाई थियो । हरेक अपांगको घरमै पुगेको ह्वील चियर बाँडीरहेको बताउँदै उनले अबको बजेटमा झनै प्राथमिकता दिने बाचा गरीन् । उनले त्यसो भनीरहँदा अधिकांश अपांग युवाहरु एकआपसमा हेराहेर गरीरहेका थिए । त्यतीकैमा आफ्नो कुरा राखेर उपमेयर गौतम बिदा भइन् ।

2000

त्यस लगत्तै उपस्थित मध्येका एक नवराज कार्कीले अपांग भएर जिउन धेरै नै गाह्रो हुने सुनाए । हरेक कार्यालय र संरचना अपांगमैत्रि  बनाइदिए धेरै सहज हुने उनको बुझाईछ । पुर्वमा कोहीपनि अपांगमैत्री अस्पताल नभएको कारण आफु काठमाडौं गएर बस्नुपरेको दुखेसो पोखे । आफु अहिले थाङ्का पेन्टीङ सिकीरहेको उनको भनाई छ ।

त्यस्तै सुन्दरहरैचा ४ का निर्भीक राईले पनि आफुले घरैमा बसेर इलेक्ट्रोनीक्स सामानको मर्मत गर्ने काम थालेको बताए । घर बाहीर निस्कदा धेरै समस्या हुने गरेको उनले सुनाए । कुनैपनि कार्यलयमा जानुपर्दा बाहीरै बसेर काम गर्नुपर्ने उनी बताउँछन् । ‘हामी अपांग हौँ अपराधी हैनौ ।, भावुक हुँदै उनले भने, ‘तर जहाँ जाँदापनि कुनै सम्मान नहुने, कुनै वास्ता नहुने , हाम्रो लागी सरकारले वेवास्ता गरीदिनाले त्यस्तो महसुस हिनताबोध हुन्छ ।’ 

२ बर्ष अघि गाडी दुर्घटनामा परी आधा शरीर नचल्ने भएका तिलक खड्का पनि अहिले ह्विल चेयरमै हिड्छन् । हातमा शिप पनि नभएको र कसैको सहारामा मात्र बाहीर जान सक्ने भएकोले घरैमा बसेर दिन कटाउने गरेको उनी सुनाउँछन् । अरुको भरमा बाच्नुपर्दा जिवन मरेतुल्य हुने उनी बताउँछन् । खड्का संगै बसेकी नर्वदा दाहालको दैनीकी पनि घरैमा बित्छ । ८ कक्षामा पुगेपछी आफ्नो आधा शरीर चल्न थालेको उनी सुनाउँछीन् । सुरुमा केही लक्षण नदेखिएपनि एक्कासी यस्तो भएको उनको भनाई छ ।  उनीहरुकै भनाईको आधारमा अहिलेसम्म स्पाइनल इन्जुरीका यतीनै बिरामी छन् भन्ने तथ्याङक छैन । तर पनि हरेक दुर्घटनाले गर्दा यस्ता बिरामीहरु दिनानुदिन बढीरहेका छन् ।