इटहरी : बिश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन होटल तथा लज सफा सुग्घर राख्न होटल व्यावसायी संघ प्रदेश नं १ ले १४ जिल्लामा आवद्ध सम्पुर्ण होटल व्यवसायीहरुलाई सावधानी अपनाउन आह्वान गरेको छ । इटहरीमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष मणिन्द्र कट्वालले सरसफाईमा ध्यान दिन आग्रह गरेका हुन ।

महासंघले बुधबार बिहान इटहरीमा पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसबाट बच्न ७ बुँदे सावधानीका उपायहरु पनि अवलम्बन गर्न सुझाएको छ ।  सबै कोठामा सेनियइजर राखिदिने वा साबु राखिदिने, ग्राहकहरु कोठामा बसेर गएपछि अनिवार्य तन्ना, सिरानीको खोल र सिरकको खोल, तौलिया परिवर्तन गर्ने, अत्यधिक खोकी लागेका वा ज्वरो आएको शंका लागेका ग्राहकहरुलाई कोठा नदिने र डाक्टरमा भेट्न जाने सल्लाह दिन पनि महासंघले  आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कटवालले होटेल अत्यन्तै संबेदनसिल स्थान भएकोले बेलैमा सजग हुन भनिएको बताए । त्यस्तै होटल व्यावसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले अब इटहरीका होटेलमा पनि नियमित अनुगमन गरिने र सरसफाइमा जोड दिने बताए ।