धरान : धरान उपमहानगरपालिका वडानं. १२ निवासी ब्रम्हज्ञ भट्टराईले आफनो घरमा पसल गर्दै गरेका दुई पसलेबाट भाडा नलिने भएका छन् ।

उनले आफनो फेसवुकको वालमा आफ्नो घरमा भाडामा बसेका पसलहरु संग लकडाउन अवधिभरको भाडा नलिने निर्णय गरियो मानबताको नाता भनेर लेखेका छन् ।

उनले आफ्नो घरमा काम गर्नेलाई पनि लकडाउन अवधिभर काम गर्न नआउन तर लकडाउन अवधि भरीको तलव दिने भनेर पठाएको उनले बताए । भट्टराई धरान उपमहानगरपालिका वडानं. १२ को कार्यवाहक वडाध्यक्ष हुन् भने केन्द्रिय प्रविधि क्याम्पस हात्तीसारको न्यूट्रिसनका विद्यार्थी पनि हुन् ।