चैत्र वैशाख सुरुवात देखि लाग्ने हावाहुरी वर्षाको कारण विद्यूत प्रणालीमा समस्या आउने तथा ग्राहक वर्गबाट फेरी पनि झ्याप झ्याप बत्ती जाने गुनासो नेपाल विद्यूत प्राधिकरणका प्रत्येक शाखाहरूमा सदैका वर्षमा आउने गुनासो हुन् ।

हावा हुरी, वर्षा, चट्याङ आदी प्राकृतिक कारणबाट कतै पोल भाँचिने, रुख लडेर तार चूडाउने, Equipment हरूमा आगो लाग्ने, ट्रान्सफर्मरहरू जल्ने कारणबाट विद्यूत प्रणालीमा आउने समस्या हुन् । कुनै कारणबाट पोल ढल्न गएमा उक्त स्थानमा मर्मत गर्न त्यस एरियामा लाइन बन्द गरी काम गर्नुपर्ने हुन्छ, सोही अनुरूप अन्य कार्यको लागी पनि । नेपालमा प्रसारण लाइनमा उच्च भोल्टेजको प्रसारण लाइनहरू बन्दै छन् त कति विवादित भएर काम गर्न कठिन छन् । सवस्टेसन जहाँबाट विद्यूत वितरण गरिन्छ ती क्रमशः सुधार हुँदै छन् ।

ग्राहकहरूको घर घरमा जाने वितरण लाइनहरू सबै Overhead (बाहिर पोलबाट) नाङ्गो तारमा गएका छन् ।  भूमिगत वितरण प्रणाली प्रक्रिया सुरुवात त भएको छ तर देशै भरी सम्पन्न हून अझै समय लाग्नेछ ।
जून पनि समस्या समाधानहरू नहुने होइनन् ।

नेपालमा झ्याप झ्याप बत्ती जाने कारण कम गर्न अल्पकालीन जून तत्काल गर्न सकिन्छ र दीर्घकालीन जून भविष्यमा योजना गर्न सकिन्छ । वितरण प्रणालीमा तत्काल तारहरू तानिएको नजिक भएका रुखका हाँगा तथा रुखहरू काट्ने सम्भव भएसम्म तार धेरै लत्तिएको ठांउमा पोलहरू थप्ने, तारलाई उचित रूपमा तन्काउने, Protection Equipment हरू सुचारु अवस्थामा राख्ने समय समयमा लाइन निरीक्षण गर्ने, आवश्यक मात्रामा ट्रान्सफर्मर जडान, Upgrade गर्न सकिन्छ । तर माथि उल्लेखित कामहरू गर्ने आम सर्वसाधारणको ठुलो भूमिका रहन्छ ।

आफ्नो घर टोलमा कहिकतै बिजुलीको तारमा हाँगाले छोएको, आगो बलेको , तार धेरै लत्रिएको वा तार जमिनमा भएको देखिएमा तुरुन्तै स्थानीय विधूत कार्यालयमा सम्पर्क गरी सुधार गर्ने सकिन्छ । आवश्यक मात्रामा ट्रान्सफर्मर राख्ने कार्यकालागी जनस्तरबाट नै सहयोग आवश्यक छ । यसो हुँदा जनताको घरमा लो भोल्टेजको समस्या बिस्तारै हटेर जानेछ ।

दीर्घकालीन समस्या समाधानका लागी प्रसारण लाइनहरू उच्च भोल्टेजमा बनाउँदै जाने, जनस्तरबाट पनि यस कार्यमा उचित सहयोग आउने हुनुपर्नेछ । त्यसै गरी अहिले भएका वितरण लाई क्रमशः भूमिगत गर्दै लैजाने यसले हावा हुरी, चट्याङ आदी प्राकृतिक प्रकोपमा वितरण प्रणालीमा असर पर्न गई Breker, CT, PT, Panel इत्यादिको समय समयमा परिवर्तन गर्न बिस्तारै अहिलेको System लाई Smart System मा परिवर्तन गर्दै जानुपर्दछ जून System बाट कार्यालयमा बसी सम्पूर्ण समस्याहरू एउटै कम्प्युटरबाट visualized गर्न सकिन्छ । 

समग्र विद्यूत प्रणाली बाहेक धरान वितरण केन्द्र को हकमा पनि सुधार गर्दै जानू पर्ने अवस्था छ । दुहबीमा रहेको १३२/३३ सवस्टेसनबाट दुहबी खनार तरहरा चारकोसे झाडी हुँदै ३३ के.भि. लाइन धरान सवस्टेसनमा आएको छ । चारकोसे जङ्गलको बिचबाट लाइन आएको कारण कतिपय समयमा लाइन फल्ट (हावा हुरी को सिजनमा) हुँदा बत्ती जाने समस्या छ ।

रातको समयमा लाइन फल्ट हुँदा जङ्गलमा केही नदेखिने, सीमित स्रोत र साधन मात्र उपलब्ध रहेकोले हावा हुरीको सिजनमा नियमित विद्यूत आपूर्ति बनाई राख्ने कार्य कठिन जस्तै छ । जसको समाधानको लागी धरान १७ मा कोसी कोरिडोर अन्तर्गत २२०/३३ के.भि. सवस्टेसन को जग्गा प्राप्तिको काम भइसकेको छ जून स्थानमा २२०/३३ के.भि. सवस्टेसन निर्माण भएपश्चात् इनरुवाबाट आउने लाइन उक्त स्थानबाट आउने छ । हरियाली नजिक भएको सबस्टेशनमा दुहबीबाट र नयाँ निर्माणाधीन सबस्टेशनबाट पावर ल्याउने भएपछि धरानमा अझ नियमित गुणस्तर बिधूत आपूर्ति हुनेछ ।

धरान-१७ मा बन्दै गरेको सबस्टेशन चार्ज हून कोसी कोरिडोर २२० के.भि. लाइन सम्पन्न हून आवश्यक देखिन्छ । 

लेखक नेपाल विद्युत् धरान वितरण केन्द्र धरानका प्रमुख हुन् ।