पथरी : पूर्वी मोरङका किसानलाई ‘लकडाउन’ भन्दा बढी खेती किसानीमा प्रयोग हुने रासायनिक मलको अभावले चिन्ता थपिएको छ ।

मल नपाएकै कारण समस्या पारेको किसानहरूको गुनासो छ । फसल उत्पादन हुने वेलामा समेत राशयनीक मल अभाव भएपछि मोरङका किसानलाई अवको उत्पादनमा ह्रास आउने चिन्ता थपिएको हो ।  अघिल्ला वर्ष रासायनिक मल वितरण गर्दै आएका कृषि सहकारी र एग्रीकोहरुले यस वर्ष ‘लकडाउन’को कारण देखाउँदै पर्याप्त रासायनिक मल आपूर्ति गर्न नसक्दा किसान चिन्तित वनेका हुन् ।

Mal-2

कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले कृषि सहकारी मार्फत किसानलाई युरिया,डिएपी,पोटास लगायतका रासायनिक मल बिक्री वितरण गर्दै आएका छन् । मकै र धानको समयमा किसानले युरिया मल लगाउनु पर्नेमा युरियाको अभाव भएपछि किसानमा चिन्ता थपिएको हो ।

कृषि सहकारीहरूलाई ‘स्टक’अभाव भएको भन्दै कृषि सामाग्री संस्थानले युरिया मल वितरण गरेको छैन । साल्ट ट्रेडिङ्गले भने प्रति सहकारीलाई १ सय देखि १ सय ५० वोरा युरिया मल वितरण गर्दै आएको छ तर किसानलाई त्यति परिणामको युरिया अपुग हुँदै आएको छ । युरिया मल ढुवानीमा समेत सहजता नभएको कृषि सहकारीहरूले वताउने गरेका छन् ।

अन्य समय ३ सय देखी ५ सय वोरा युरिया मल खपत हुने भए पनि लकडाउनका कारण साल्ट्र टेडिङ्गले १ सय देखी १ सय ५० वोरा युरिया मात्र वितरण गर्दै आएको छ । युरियाको माग बढेका कारण कसरी वितरण गर्ने भन्ने समस्या रहेको रासायनिक मल वितरण गर्दै आएको पथरीशनिश्चरे ६ को राम जानकी कृषि सहकारी संस्थाले जनाएको छ ।

लकडाउनका कारण सहरी क्षेत्रका बासिन्दा खाद्यान्न समस्या भोग्ने चिन्ता लिइरहँदा ग्रामीण भेगका किसानलाई भने फसल कसरी उत्पादन गर्ने चिन्ता थपिएको पथरीशनिश्चरे ४ का किसान पुष्पराज दाहाल बताउँछन् ‘मकै र धानमा युरिया मल लगाउनु पर्ने बजारमा युरिया पाएको छैन फसल कस्तो हुन्छ त्यही चिन्ता छ’।

पथरीशनिश्चरे नगरको वडा नम्बर १ बाहेकका वडामा खेती गरिँदै आएको छ । वडाका ९ वडामा गरिने खेतीका लागी सीमित कृषि सहकारीले साल्ट्र टेडिङ्ग र कृषि सामाग्री स्थानको आधिकारिक विक्रेता को अनुमति लिएर रासायनिक मल बिक्री गर्दाै आएका छन् ।

पथरी शनिश्चरेका किसानले मकै र बर्खे धान लगाएका छन् । धान पोटाउनु अघि नै युरिया मल लगाउनु पर्ने भए पनि युरिया अभाव ले थप चिन्ता थपिएको किसानहरू बताउँछन् । सहज साथ युरियाको प्रबन्ध गरिदिन किसानको माग रहेको छ ।

विश्वमा महामारीकोरूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले नेपाल लागएतको अरू देशमा पनि लकडाउन छ । लकडाउन भएसँगै यति बेला गाउँका किसान युरिया मल नपाएर मर्कामा परेका छन् ।आर्गेनिक खेती गर्न किसानलाई समस्या नभए पनि रासायनिक मलकै भरमा कृषि उत्पादन गर्दै आएका किसानलाई मल अभावले समस्या थपिएको पथरीशनिश्चरेका किसान भोला खरेल बताउँछन् ।

मल अभाव हुँदा पहिला देखी रासायनिक मलकै भरमा फसल उत्पादन गर्ने किसान समस्यामा परेका हुन खरेलले भने ‘अव आर्गेनिक खेती प्रणाली तर्फ किसानलाई अभिप्रेरित गर्नु पर्दछ’ । राशयनिक मलको अभाव झेल्दै आएका यहाँका किसानलाई आग्रेनिक खेती प्रणाली तर्फ अभिप्रेरित गर्न सके बर्सेनि मलको अभाव बारे गुनासो नहुने खरेल बताउँछन् ।

मलकै अभावमा धान र मकै लगाउँदा गरेको लगानी समेत नउठ्ने चिन्ता किसानमा रहेको छ । गत वर्ष भन्दा यस वर्ष लकडाउनकै कारण पनि रासायनिक मलको अभाव भएको किसानहरू बताउँछन् ।