धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा इटहरी सुनसरीका एक व्यक्तिमा कोरोना पुष्टी भएको छ ।

इटहरी २ नम्बर वार्डको बताइएका १८ वर्षीय पुरुष केहि दिनदेखि प्रतिष्ठानको आइसोलेसनमा उपचाररत थिए । 

यस्तै, एक जना सशस्त्र प्रहरी जवानको पनि रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ । ससस्त्र प्रहरी भन्ने भएपनि उनि कुन स्थानमा कार्यरत हुन् भन्ने पत्ता लागेको छैन ।

यो संगै सुनसरीमा संक्रमितको संख्या ३ पुगेको छ ।