धरान : इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार ८४ जना डिएसपीको सरुवा गरेको छ भने ६० जनाको पदस्थापन गरेपछि न्यौपानेको पनि सरुवा भएको हो ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी न्यौपानेको प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्युरो नक्सालमा सरुवा भएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयको कानुन शाखाबाट डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत आउने भएका छन् ।

हरेक १ वर्षमा सरुवा हुने नियमित प्रक्रिया अनुसार डिएसपी न्यौपानेको सरुवा भएको हो । उनी १३ महिना अघि इलाका प्रहरी कार्यालय धरानको प्रमुख भएर आएका हुन् ।