धरान : जर्वजस्ती करणीको आरोप लागेर पक्राउ परेका व्यक्तिको श्रीमती मृत फेला परेकी छिन् ।

आइतबार दिउसो घरमा कम गर्न राखेकी युवतीलाई गर्भवती बनाएको आरोप लागेका धरान २० निवासी आरोपी पूर्व गाविस सचिवकी श्रीमती आइतबार राति ९ बजे आफ्नै घरमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनको आफ्नै घरको सिकुवामा लडेको अवस्थामा फेला परेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।