धरान : सूर्य उपासनाको पर्व छठको पहिलो दिन आज आइतबार धरानको सर्दु र सेउती खोलामा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठको उपासना गरेका छन् । व्रतालुहरूले भोली प्रातःकालिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको व्रत समापन हुनेछ ।
धरानमा बर्सेनि सर्दु र सेउती खोलामा छठ पर्वको आयोजना हुँदै आएका छ । व्रतालुहरूले सूर्यलाई अर्घ दिने आकर्षक पूजा स्थलको व्यवस्थापन मधेसी सेवा समाजले गरेको हो ।
यसपालि सर्दु खोलामा छठको पूजा स्थल २५० को सङ्ख्यामा र सेउती खोलामा ३०० सयको सङ्ख्यामा अर्घ स्थल बनाइएको समाजका सचिव डा.राम शाहले बताए । उनका अनुसार छठको अर्घमा यसपालि ३००० बढी सहभागी भएका छन् ।
यसपालि धरान–४ सेउती खोला किनारमा सूर्य मन्दिर निर्माण भएपछि मन्दिर छेउ छठको अर्घस्थलहरु विशेष रूपमा बनाइएको छ । बुल्डोजरले सेउती खोलाबाट पैनी जस्तै निकास ल्याएर छठ पूजा स्थल बनाइएको हो । उक्त स्थलबाट बर्तालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिँदा सूर्य मन्दिर तर्फ शिर निहुरिन्छ।
यसअघि सेउतीको हाल नयाँ बनेको पुलस्थल पुरानो काठे पुल रहेको खोलाबाट हाल सूर्य मन्दिर बनेको सम्म हुने गर्दथ्यो । यसपालि भने सूर्य मन्दिर अगाडिबाट निकै माथि सम्म पूजा स्थल बनाइएको छ । पुरानो ठाउँमा पनि कम सङ्ख्यामा व्रतालुहरूले पूजा स्थल बनाएका छन्।












































































