धरान : धरानस्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थी गौरव कुमार साहले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस प्रवेश परीक्षामा ऐतिहासिक सफलता हासिल गरेका छन्।
कक्षा १२ को परीक्षामा ३.९५ जीपीए प्राप्त गरी धरान प्रथम भएका साहले एमबीबीएस प्रवेश परीक्षामा नेपालभर पाँचौँ स्थान हासिल गर्दै कोशी प्रदेशमा प्रथम हुन सफल भएका हुन्।
विद्यालयले साहको सफलतालाई मेहनत, अनुशासन र उत्कृष्ट शैक्षिक वातावरणको प्रतिफलका रूपमा लिँदै बधाई तथा शुभकामना व्यक्त गरेको छ।
साहसँगै सोही विद्यालयका विद्यार्थी रुजन बजगाईँ र बत्सल कार्कीले समेत एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट स्थान हासिल गर्दै चिकित्सा शिक्षा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्न सफल भएको विद्यालयले जनाएको छ।
तीनै जना विद्यार्थीको सफलताले विद्यालयको शैक्षिक पहिचान र प्रतिष्ठालाई थप उचाइमा पुर्‍याएको विद्यालयको भनाइ छ। यस उपलब्धिका लागि विद्यालयले विद्यार्थी, अभिभावक तथा उनीहरूको शैक्षिक यात्रामा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेको छ।
विद्यालयका प्लसटु संयोजक नवीन शाक्य, प्रिन्सिपल निलमकुमार श्रेष्ठ र संस्थापक अध्यक्ष बेनिन्द्र कटवालले विद्यार्थीहरूको सफलतामा बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेका छन्।
विष्णु मेमोरियल माध्यमिक विद्यालयले मेहनत, अनुशासन र गुणस्तरीय शिक्षालाई आफ्नो पहिचान बनाउँदै आएको प्रतिष्ठित शिक्षालयको रूपमा परिचित छ। यस वर्ष एमबीबीएस प्रवेश परीक्षामा प्राप्त नतिजाले विद्यालयको शैक्षिक सफलतालाई थप स्थापित गरेको छ।