धरान : कक्षा ९ की रेशमा तामाङ र कक्षा ६ की प्रनिता तामाङ हिविस्कस सिंगिङ एण्ड डान्सिङ आइडल घोषित भएकी छन् । धरान–१५ स्थित हिविस्कस इङ्लिस वोडिङ स्कुलको सिंगिङ डान्सिङ आइडल प्रतियोगितामा शीर्ष स्थानमा रही उनीहरू आइडल घोषित भएका हुन ।
सिङ्गिङ आइडल प्रतिस्पर्धामा कक्षा ९ की रेशमा तामाङले प्रथम स्थान हासिल गरिन् । कक्षा १० का सबिन बोहोरा द्वितीय, कक्षा ७ का आसिन राईले तृतीय स्थान हासिल गरेका थिए ।
डान्सिङ आइडल प्रतिस्पर्धामा कक्षा ६ की प्रनिता तामाङले प्रथम भइन् । कक्षा १० की आस्था उदास द्वितीय र कक्षा ७ की युनिका श्रेष्ठले तृतीय स्थान हासिल गरिन् ।
विद्यार्थीहरूको प्रतिभा, सृजनशीलता तथा कला प्रस्तुत गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम राईले बताए ।
प्रतियोगितामा गायन विधा तर्फको निर्णायक सङ्गीत शिक्षक विजय गजमेर र मनिष श्रेष्ठ थिए । नृत्य विधा निर्णायक धरान डान्स गार्डेनका सन्देश तिम्सिना र नृत्य शिक्षिका सिमरन राई थिइन् ।
कार्यक्रमलाई अनुष्का लिम्बू र सुभद्रा खड्काले सञ्चालन गरेका थिए । स्कुलका विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा पहिचान गरी प्रोत्साहन गर्न कला, सङ्गीत र नृत्य क्षेत्रमा प्रतिभा प्रदर्शन गर्ने अवसरको रूपमा प्रतियोगिता आयोजना गरिएको हो ।










































































