इटहरी : इटहरीको बुढी गङ्गा मुक्तिघाटमा छठ पर्वको भव्य तयारी भइरहेको छ । मोरङको सुन्दरहरैँचा र सुनसरीको इटहरी उपमहानगरपालिकाको सीमामा रहेको बुढीगंगा घाटमा १ लाख बढी श्रद्धालु भक्तजन आउने अपेक्षा गरिएको छ ।

छठको तयारी स्वरूप यसवर्ष ६५० भन्दा बढी पूजा घाट निर्माण गरिने भएको छ । छठ पर्व सेवा समितिले मंगलबार गरेको पत्रकार सम्मेलनमा व्यवस्थापनका लागि २९ लाख ५१ हजार रुपैयाँ खर्च हुने जानकारी दिएको छ।

पाँच दिनसम्म मनाइने पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा सम्पन्न हुनेछ । छठ पछिल्लो समय धार्मिक तथा सांस्कृतिक एकताको पर्वका रूपमा स्थापित हुँदै गएको बताइएको छ ।

३६ वर्षदेखि व्यवस्थित रूपमा छठ मनाइँदै आएको बताउँदै समिति अध्यक्ष बासुदेव कर्णले व्यवस्थापनका लागि एक सय स्वयंसेवक र २५ सुरक्षागार्ड परिचालन गरिने भएको छ ।