धरान : धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
एन्फा क्वारेनटाईनमा रहेका ४५ जनाको पिसिआर परीक्षणको लागि बिहिबार स्वाब संकलन गरिएको थियो । ति मध्ये एक जना ३० बर्षीय पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

प्रबक्ता झुक्किए .

शुक्रवार दिउँसो धरान उपमहानगर पालिकामा एक जना महिला सङ्क्रमित भनिएकोमा त्यो अझै पुष्टि हुन सकेन ।

बिहीबार साँझ बराहक्षेत्रकै सङ्क्रमित बालिकाको रिपोर्टमा धरानमा एक महिला भनिएको सामाजिक विकास मन्त्रालयको एक स्रोतले बताएको छ ।

राम्रो सँग रिपोर्ट नबुझी सामाजिक विकाश मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेशकुमार मेहताले सञ्चारकर्मीहरूलाई जानकारी दिँदा विभिन्न सञ्चारमाध्यमहरूमा धरानमा एक जना सङ्क्रमित महिला भेटिएको समाचार आएको थियो ।