धरान :  सुनसरीको गढी गाँउपालिका-६ स्थित बुढी खोला किनारमा माटोले पुरीएको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

६ गते शनिबार दिउँसो १२ वजेको बुढी खोला किनारमा बाख्रा चराउन  गएका युवाहरुले केहि माटोले पुरिएको र सिनो जस्तो गन्हाउने थालेको पुरुष को शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त भएपछी दुहबीको प्रहरी टोलिले घटनास्थल पुगि मुचुल्का उठाई शव वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मर्चरीमा राखिएको दुहबीका इन्सपेक्टर प्रविण काक्रीले जानकारी दिए ।

प्रहरी टोलीले  घटनास्थलमा हेर्दा नाम थर वतन नखुलेको  किरा लागेको शव  खाल्डो खनेर शरीरको केही भाग माटो र बालुवालले पुरीएको तर कान र पाँखुरा समेत पुरै नछेपिएको हुँदा र  कसैले र २ /३  दिन अगाडि रातिनै मारेर हतारहतार खाल्डो खनेर पुरेको जस्तो देखिएको हुनाले  घटनाको थप अनुसन्धान पर्ने कार्कीले बताए ।

शवलाई माटोवाट वाहिर निकाली हेर्दा यकिन तराई मुलको जस्तो देखिने हरियो जिन्सको पेन्ट लगाएको उचाई ५ फिट ४ ईन्च भएको अनुमानित ३०/ ३२  वर्षको पुरुष मानिसको भएको सो शव हाल सम्म सनाखत नभएको हुदा मृतकको हुलिया परिपत्र सबै प्रहरी कार्यालयमा पठाएको र उनको आफन्त सम्पर्कमा नआएको हुदा सनाखतको लागि यस कार्यालयको सम्पर्क नम्बर ९८५२०९०१२९ , ९८५२०४०४९९ सम्पर्क गर्न इलाका प्रहरी कार्यालय दुहबीले अनुरोध गरेको छ ।