धरान : धरान १४ विजयपुरको गणेश चौकका कोरोना सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका ६४ जनाको आज स्वाब सङ्कलन गरिएको छ । 

एक नं. प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान साउन २ गते छोरीको जन्म दिन मनाउन धरान १४ गणेश चौक आएका थिए । जन्मदिन मनाएर कार्यक्षेत्र फर्कने क्रममा विराटनगर पुगेपछि पिसिआर चेक गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

जन्मदिन मनाउन आउने र अन्य सम्पर्कमा रहेका गरी ६४ जनाको स्वाब सङ्कलन गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । विजयपुरमा सङ्कलन गरिएको स्वाबको नमुना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षणका लागि पठाइएको पनि स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।