पथरी : माछा मार्नेक्रममा पथरीशनिश्चरेमा एक वृद्धको खोलामा डुवेर मृत्यु भएको छ ।

पथरीशनिश्चरे १० भुटानी शरणार्थी शििवरमा वस्दै आएका ६३ वर्षिय डम्बरसिंह राईको स्थानिय डाँस खोलामा शव फेला परेको हो । माछा मार्ने क्रममा डुबेरे मृत्यु हुन सक्ने इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

राई आइतबार बिहान माछा मार्न भन्दै जाल बोकेर घरबाट निस्किएका थिए ।

उनी साँझसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी गरेको र उनको स्थानिय डाँस खोलामा शव भेटिएको प्रहरीले जनाएको छ ।