धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा झापाको मेचीनगरका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानको सूचना केन्द्रले दिएको जानकारी अनुसार झापाको बाहुनडागी ४ मेचीनगरका ४५ वर्षीय पुरुषको उपचारको क्रममा गए राति १ बजे मृत्यु भएको हो ।

मङ्सिर १ गते कोरोना संक्रमित भएका उनलाई मङ्सिर ३ गते बीपीको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतको नियम अनुसार शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।