धरान : उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीम बहादुर दाहालले दिएको जानकारी अनुसार कार्यालयको सहायता कक्ष (हेल्प डेस्क) मा गए राति बम विस्फोट भएको हो ।

कार्यालयको गेट अगाडी अर्को बम जस्तो देखिने शङ्कास्पद बस्तु फेला परेको छ । घटना स्थल पूर्ण रूपमा सिल गरिएको एसपी दाहालले बताए ।

नेपाली सेनाको बम डिसपोजल टोली घटनास्थलमा पुग्न लागेको बताइएको छ । स्थानीय प्रहरी चौकीको प्रहरी टोली घटना स्थलमा पुगेको छ । शङ्कास्पद बम डिस्पोज भएपछि दोस्रो भेटिएको बम कुन हो भन्ने खुल्ने प्रहरीले बताएको छ ।

बम विस्फोटबाट कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज सोफा लगायतमा क्षति पुगेको बताइएको छ ।

बम विस्फोटको कार्यमा पार्टीगत कसैले जिम्मा नलिएकोले किन कसले के कारणले गर्‍यो भन्ने अज्ञात समूहको र घटना बारे अनुसन्धान गरी रहेको एसपी दाहालले बताए । घटनास्थलमा पुग्न गाडीबाट करिव ७ घण्टा लाग्ने बताईएको छ ।