झापा : झापाको दमक-१ का चूडामणि भण्डारीले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

आज साँझ कमल गाँउपालीका-६ स्थित आफ्नो खेतीमा काम गर्न गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको दमक प्रहरीले जनाएको छ ।