धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड -१९ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धा महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धनकुटा ४ बस्ने ७७ वर्षीय बृद्धा महिलाको आज बिहान ६ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

उनमा दिर्घरोग उच्च रक्तचापको समस्या रहेको र उनमा पुस १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।