धरान : सुनसरीको दुहबी १० मा माइक्रो र मोटरसाइकल जुध्दा ३ जनाको मृत्यु भएको छ ।

दुहबी १० स्थित दुहबी इनरुवा भित्री पक्की सडक खण्डमा दुहबीबाट इनरुवा तर्फ जाँदै गरेको प्र १–०२–००१ज ३८६८ नम्बरको विङगर माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ४६९४ न. को मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चालक इनरुवा ३ बस्ने ४४ वर्षीय बिर्ख मण्डल, माइक्रो चालक सप्तरीको राजविराज १ बस्ने अन्दाजी २२ वर्षीय शङ्कर यादव र अर्को एक जनाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृतक मध्ये १ जनाको पहिचान खुलेको छैन ।

दुहबीबाट ५ किलोमिटर पश्चिममा भएको सो दुर्घटनामा मोरङ विराटनगर १४ बस्ने वर्ष ५२ को जयनारायण यादव, सप्तरी मान्सापुर नगरपालिका बस्ने वर्ष ६० की इन्द्र कला देवी सिं, राजविराज ७ बस्ने वर्ष अन्दाजी १४ को नीरज यादव, सुनसरीको इनरुवा ८ बस्ने वर्ष ५२ को चन्द्र मेहेता, सप्तरीको राजविराज ७ बस्ने वर्ष ३८ को सुरेश मण्डल, सुनसरी भोक्राहानर्सिङ ३ बस्ने वर्ष १९ को प्रशान्त यादव, बराहाक्षेत्र नगरपालिका १० बस्ने वर्ष २३ को भरत यादव, इनरुवा ८ बस्ने वर्ष ५२ कि शान्ति मेहेता, इनरुवा ३ बस्ने वर्ष ३० को मनोज अधिकारी
इनरुवा ३ बस्ने वर्ष २२ की प्रशंसा सुबेदी सामान्य घाइते भएका छन् ।

Durghatana-Duhabi