झापा : प्रहरीले झापाको दमकबाट अवैध सालका काठ पक्राउ गरेको छ ।

काठसहित ढुवानीमा प्रयोग भएको को १ ख ३०६२ नम्बरको ट्रक सहित सोही ट्रकका चालक इलाम नगरपालिका-२ का गणेश राईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

आज बिहान करिब २ बजेको समयमा दमक नगरपालिका-४ कृष्ण मन्दिरबाट उत्तर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमक र ताराबारीमा रहेको प्रहरीको अस्थायी पोस्टले ९९ किवी साल जातको काठ बरामद गरेको दमक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिएका छन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको दमक प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।