धरान : प्रदेश १ मा आज ९० जनाको कोरोना परीक्षण गर्दा एक जना प्रदेश १ बाहिरका एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज सङ्क्रमण हुने प्रदेश १ बाहिरको रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले सम्म प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३० हजार १ सय १९ पुगेको छ भने अहिले सम्म २९ हजार ५ सय ५८ जनाले कोरोना जितेका छन् ।

प्रदेश १ मा अहिले ९६ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै प्रदेश १ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ६५ पुगेको छ ।

आज प्रदेश १ बाट ४ महिला, २ पुरुष गरी ६ जना डिस्चार्ज भएका छन् ।