पथरी : लर्ड बुद्ध साकोसले आफ्ना ७० वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरूलाई 'ज्येष्ठ सदस्य आजीवन भत्ता' वितरण कार्यक्रम सुरु गरेको छ ।

संस्थाले प्रति शेयर सदस्य मासिक ७५० रुपैयाँ का दरले पेन्सन वितरण थालेको सकोसका व्यवस्थापक गणेश राईले जानकारी दिए ।

संस्थाले २०७४ साल वैशाखदेखि आफ्ना ज्येष्ठ सदस्यहरूलाई आजीवन 'पेन्सन' उपलब्ध गराउन प्रारम्भ गरेको हो ।

२०७४ सालभर मासिक २००, २०७५ सालभर मासिक ४००, २०७६ सालभर मासिक ६०० का दरले उपलब्ध गराइएको भत्ता २०७७ वैशाखदेखि मासिक ७५० बनाइएको हो ।

संस्थाले ज्येष्ठ सदस्यको जन्मदिन समेत मनाउँदै आएको छ। ज्येष्ठ शेयर सदस्यको हौसलाका लागि यस्ता कार्यक्रम ल्याइएको राईले जानकारी दिए ।