धरान : नेपाली काँग्रेसको भातृ संस्था नेपाल दलित सङ्घ धरान नगरको सभापतिमा गणेश परियार चयन भएका छन् ।

सङ्घको उपसभापतिमा काजीमान विशंखे, सचिवमा कमला रुचाल, सहसचिवमा प्रदीप गहतराज र कोषाध्यक्षमा कमला रनपहेंली चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा राजु रोक्का, गुमान सिंह ठटाल, रिता सुन्दास, ओमप्रकाश पाँचकोटी, मनीषा विक, दुर्गाबहादुर विश्वकर्मा, खुसी दर्जी, सुजु सुन्दास, पूर्ण मगराती, कल्पना चाहर छन् ।

दलित सङ्घ धरान उप-महानगर समितिद्वारा आयोजित नेपाल दलित सङ्घ जिल्ला समितिका प्रतिनिधि विजय अछामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

नेपाली काँग्रेसको भातृ संस्था नेपाल दलित सङ्घले हाल सुनसरी जिल्लाभरि पूर्णता पाएको छ ।