धरान : धरान-१७ को नमुना सुन्दर बस्तीको पश्चिमपट्टिको सर्दु खोला भित्र बनेका चार वटा छाप्रो घर र १ सय घेरा बेरा भत्काइएको छ ।

आज बिहान धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा खोला भित्र बगरमा ४ वटा टिन र बासको भाटाले बारिएको छाप्रो घर र खोला बगरमै १ सय वटा घेरा बेरा गरी जग्गा अतिक्रमण गरेको फेला परेपछि नगर प्रहरीले बनेका ४ वटा छाप्रो घर र घेरा बेरा भत्काएर नियन्त्रणमा लिएको छ ।

Sukumbasi-2

सर्दु खोला बगरमा यति धेरै घेरा बेरा कसले गर्‍यो ? भन्ने सन्दर्भमा स्थानीयवासीले राति राति बनाउने र आफूहरूले नचिनेको बताएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

धरानमा सुकुम्वासी बसोबास खुलेको छ भन्ने हल्ला बाहिर चलेकोले धरान बाहिरबाट सुकुम्वासी बसोबासका लागि आएको स्थानीयले बताएका छन् ।

बनेको संरचनाहरू भत्काउनेक्रममा कोही पनि दाबी विरोध गर्दै आधिकारिक व्यक्ति नआएको नगर प्रहरीले बताएको छ ।

Sukumbasi-3 Sukumbasi-4 Sukumbasi-8 Sukumbasi-6 Sukumbasi-10 Sukumbasi-11 Sukumbasi-9 Sukumbasi-5 Sukumbasi-7