धरानः धरान-५ देबिगाँउबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर हतुवागढी-९ बस्ने वर्ष २४ को आकाश खड्का र हतुवागढी-८ बस्ने वर्ष ३१ को टिकाराम कार्की रहेका छन् ।

देवीगाउँस्थित दुर्गा राईले सञ्चालन गरेको देवकला खाजा एण्ड हुक्का हाउसमा बसेका आकाश र टिकारामलाई शङ्का लागेर जाँच १ किलो गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।