धरान : मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोरङ ग्रामथान गाउँपालिका-४ का २५ वर्षीय धिरज माझीको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रवार साँझ ६ बजे कटहरी-७ तकिया चोकमा प्र १-०२-०४३ प २०७८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना चालक माझीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीय जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।

मङ्गलवार साँझ ६ बजे सोनापुर चौक स्थित कोसी राजमार्गमा प्रदेश १-०२-००२ च ३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घाइते भएकी चौधरीको आज राती १२ बजे नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।