धरान : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १३ वर्ष मुनि उमेर समूहका प्रदेश १ का खेलाडीहरूको आज छनौट गरेको छ ।

धरान-१७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हिजो देखि छनौट सुरु भएको मा आज विहान छनौट सकिएको र रिजल्ट आउन बाँकी रहेको एन्फा प्रदेश १ का अध्यक्ष किशोर राईले जानकारी दिए । सहभागि मध्येबाट ३० जना छनौट हुने बताइएको छ ।

छनौटमा एन्फाको प्रदेश १ का ११ सदस्य जिल्लाबाट छनौट भएका बाल खेलाडीहरू सहभागी थिए । अध्यक्ष राईका अनुसार प्रदेशका विभिन्न ११ जिल्लाबाट छनौट भई आएका १ सय ८५ जना हिजोदेखि छनौटमा सहभागी भएका थिए ।

छनौट भएका खेलाडीहरू राष्ट्रिय छनौटको लागि काठमाण्डौं जानेछन् । देशभरिबाट छनौट भएकाहरूबाट पुनः४२ जना उत्कृष्टलाई छनौट गरिनेछ । २१ जना एन्फाले निःशुल्क आवासीय सुविधासहित राख्नेछ भने बाँकी २१ जनालाई सशुल्क राख्नेछ ।

छनौट भएका खेलाडीहरूलाई नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीको एकेडेमीमा राखिने राईले जानकारी दिए । छनौट गर्नेक्रम सकिएको भए पनि रिजल्ट भने निर्णयकहरुले सार्वजानिक गरेका छैनन् । साँझ सम्ममा रिजल्ट आउने बताईएको छ ।

Anfa-Chanaut-1 Anfa-Chanaut-2 Anfa-Chanaut-3