धरान : भोजपुरको रामप्रसादलाई गाउँपालिका ४ का ५१ वर्षीय इन्द्र बहादुर राईको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

शुक्रवार साँझ पौने ६ बजे को २ त ९६६७ नम्बरको ट्याक्टरबाट लडी घाइते भएका राईको आज दिउसो सभा १ बजे नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

ट्याक्टर र चालक रुपन्देही सैन मैना बस्ने सागर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।