धरान : धरानमा जारी २१ औँ संस्करणको गोधुली टुबोर्ग रनिङ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १६ ले विजयी सुरुवात गरेको छ ।

आज भएको उद्घाटन खेलमा साबिकको उपविजेता १६ नं. वडाले ७ नं. वडालाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । १६ नं. वडाका लागि मन्दिप बस्नेतले ह्याट्रिक गरे । खेलको दोस्रो हाफमा मैदान छिरेका बस्नेत खेलको म्यानअफ द म्याच समेत घोषित भएका थिए ।

१६ नं. वडाका सविन राईले एक गोल गरे भने ७ नं. वडाका गोल किपरले प्रहार गरेको बल १६ नं. वडाका लोकेन लिम्बूलाई लागेर फर्कँदा गोल भएको थियो । पहिलो हाफमा १६ नं. वडा १-० ले पछि परेको थियो । वडा नं. ७ का लागी विनेश तुलाधरले गोल गरेका थिए ।

भोलिको खेल वडा नं. ३ र वडा नं. ८ का बिच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछन् । धरान उपमहानगरको वडा स्तरीय प्रतियोगितालाई २०४५ सालदेखि गोधुली क्लबले आयोजना गर्दै आएको छ ।

Gudhuli-cup-tisite