धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा आज धनकुटाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार धनकुटा नगरपालिका-७ की ४० वर्षीय महिलाको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो ।

मृतकलाई फागुन १२ गते उपचारको लागि प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएकोमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।