धरान : आज १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसमा धरान-१७ क्षितिज टोल विकास समितिले एक कार्यक्रमको आयोजना गरी टोलका ८० वर्ष भन्दा माथिका ४ जना जेष्ठ नागरिकहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओडाई सम्मान गरेको छ ।

सम्मानित हुने जेष्ठ नागरिकहरुमा देवीमाया सुनुवार, जयकुमारी सुनुवार, गौ प्रसाद राई र टंक बहादुर गुरुङ रहेका छन् ।

त्यसैगरी श्री माध्यमिक विद्यालयमा अध्ययनरत गरिब बिपन्न विद्यार्थीहरुलाई ६ हजार रुपैया बराबरमो स्टेशनरी र खेलकुद समाग्री समेत वितरण गरेको छ । कार्यक्रम टोल विकास समितिका अध्यक्ष दिपा थापामगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।