धरान : १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा श्रम गरेर परिवारको गुजारा चलाउने ५ महिला सम्मानित भएका छन् ।

सम्मानित हुनेहरू मकै पोलेर व्यापार गर्ने धरान-१३ की शिवकुमारी तामाङ, धरान-६ की तरकारी व्यापारी मैया गौतम, डोकोमा तरकारी बिक्री गर्ने धरान-८ की विष्णुमाया कटुवाल रहेका छन् ।

भौतिक निर्माण क्षेत्रमा काम गर्ने धरान-१७ की सीता परियार, यस्तै, लेबर काम गर्ने धरान-१५ की लक्ष्मी तामाङलाई नगद २ हजार र सम्मान पत्र सहित सम्मानित भएका हुन् ।

यस्तै कोरोना महामारीको समयमा स्वाब सङ्कलनमा फ्रन्टलाइनमा खटिने स्वास्थ्य प्राविधिक लुना अधिकारी र चन्द्रकला राईलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा धरानकी उपमेयर मञ्जु भण्डारीको अध्यक्षता र धरानका मेयर तिलक राईको प्रमुख अतिथ्यिमा सम्पन्न भएको थियो । पूर्व सांसद कुन्ता शर्मा, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत, महिला सञ्जालका पदाधिकारी र अन्य संस्थाको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै उपमेयर मञ्जु भण्डारीले धरानलाई बालमैत्री वडा घोषणा गरे पनि आमाबुबासँग हिँडेका बालबालिका काखमा निदाउँछन् सुताउने ठाउँ छैन, स्तनपानको लागी छुट्टै व्यवस्था नभएकाले यसतर्फ पनि सहज वातावरण बनाउन लागि पर्ने बताइन् ।