विराटनगर : धरानमा १८ जना सहित प्रदेश १ मा ३७३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ३२१ जनाको पीसीआर परीक्षण गर्दा २८१ र ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, पाँचथर, उदयपुर र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो।

मोरङको विराटनगरमा ६४, बेलबारी र सुन्दरहरैचामा ७-७, उर्लाबारीमा ६, ग्रामथान, पथरीशनिश्चरे र बुढीगंगामा ४-४, रतुवामाई, कटहरी र रंगेलीमा २-२, कानेपोखरी र लेटाङमा १-१, झापाको बिर्तामोडमा २०, शिवसताक्षीमा १२, भद्रपुर र कनकाईमा ११-११, दमकमा ९, मेचीनगर र अर्जुनधारामा ७-७, बुद्धशान्ति र कमल गाउँपालिकामा ४-४, झापा गाउँपालिकामा २, गौरादह, बाह्रदशी र हल्दिबारीमा १-१, सुनसरीको इटहरीमा ३५, धरानमा १८, रामधुनीमा ७, गढीमा ४ र वराहक्षेत्रमा ३, इलामको इलाम नगरपालिकामा ३, सूर्योदय र चुलाचुलीमा २-२, सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाँचथरमा १, उदयपुरको चौदण्डीगढी र सङ्खुवासभाको पाँचखपनमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १८३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८३ महिला र १०० जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।