धरान : धरानमा बिहीबार १८ वर्ष देखि माथिका विद्यार्थीहरूलाई कोरोना विरुद्धको एक्ट्राजेनेका खोप लगाइने भएको छ ।

यस भन्दा अघि धरान उपमहानगरपालिकामा कलेज पढ्ने र परीक्षा दिने १८ वर्ष देखि माथिका उमेर समूहका ५ हजार ६ सय ८४ जना विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाई सकिएको छ ।

उनीहरूलाई परिचयपत्र र एडमिड कार्डको आधारमा खोप लगाइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

तर यस पटक १८ वर्ष उमेर पुगेका विद्यार्थीहरूलाई विद्यालय, कलेजको परिचयपत्र र उमेर खुल्ने कागजपत्रका आधारमा धरानका ७ वटा खोप केन्द्रबाट बिहीबार एक दिन खोप लगाइने प्रमुख मेहेताले बताए ।

सात वटा खोप केन्द्रहरू धरान स्वास्थ्य चौकी छाताचौक, सिद्धनेवा परिषद धरान ७, ज्ञानोदय मावि धरान ११, आधारभूत स्वास्थ्य केन्द्र धरान १३, सहरी स्वास्थ्य केन्द्र खोरिया धरान १५, चन्द्र संस्कृत मावि धरान १६ र विष्णुपादुका स्वास्थ्य चौकी धरान २० बाट भोलि बिहीबार एक्ट्राजेनेका खोप लगाइनेछ ।

student-khop-dharan