जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्षको शपथग्रहण

  • कार्तिक ४, २०७८
  • २४७ पटक पढिएको
  • कपुरी न्युज
alt

विराटनगर : प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरूका खेलकुद समितिहरूमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज शपथ ग्रहण गराएको छ ।

सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा बोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई शपथ गराएका हुन् । खेलकुद विकास बोर्डले बुधवार १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको थियो ।

शपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरूले पूर्णता पाएसँगै प्रदेश १ को खेल क्षेत्रले फड्को मार्ने बताए । लामो समय देखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा जिल्लाहरूमा खेलकुदका गतिविधिहरू हुन नसकेको उनले बताए ।

लामो समयदेखि नेतृत्वविहीन खेलकुद समितिहरूमा नयाँ नेतृत्व चयन गरिनु महत्त्वपूर्ण उपलब्धि भएको खेलकुद विकास बोर्डका सदस्य सचिव परशुराम बस्नेतले बताए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved