धरान : विराटनगरमा ७ सहित प्रदेश १ मा १४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार शनिवार झापामा ३, मोरङमा ७, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका १ जना गरी १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

झापाको हल्दीबारीमा १, भद्रपुरमा २, मोरङको विराटनगरमा ७, सुनसरीको धरानमा १, इटहरीमा १, धनकुटामा स्थानीय तह नखुलेको १ जना र प्रदेश १ बाहिरका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा २४ घण्टाको अवधिमा २९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।