धरान : मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

हिजो बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका पथरी शनिश्चरे-२ का २४ वर्षीय राजु मोते भन्ने विवेक मोते विराटनगरको १ नम्बर ढाँटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल सहित पक्राउ परेका हुन् ।

यसैगरी दुहबी सिआरभिबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३३ वर्षीय किरण थापा मगर र सोही स्थानका ३१ वर्षीय राम कुमार यक्चोलाई हिजो बेलुका ७ बजे एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुल सहित दुहबीबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।