इटहरी : नेपाली काँग्रेस प्रदेश १ को निर्वाचन परिणाम चित्त नबुझेको भन्दै निर्वाचन समितिमा निवेदन परेको छ ।

सभापतिका उम्मेदवार गुरुराज घिमिरेले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका हुन् । उद्धव थापा सँग २ मतले पराजित भएपछि घिमिरेले पुनः मतगणना गर्नुपर्ने माग राखेका छन् । निर्वाचन परिणाममा हस्ताक्षर नगरीकनै बाहिरिएका उनले मतगणना चित्त बुझ्दो नभएको बताएका छन् ।

संस्थापन देउवा सिटौला पक्षका थापा सँग कोइराला पक्षका घिमिरे पराजित भएका हुन् । कोइराला प्यानलबाट महामन्त्रीमा उमेश थापा बाहेक प्यानलै पराजित भएको छ।